काठमाडौं । नबिल बैंकले आइतबार जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी चार नयाँ शाखाको काठमाडौं उपत्यकामा एकैसाथ उद्घाटन गरेको छ । नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्तरूपमा जरंखु शाखा, बैंक सञ्चालक मलय मुखर्जी र काठमाडौं महानगरपालिका वडा नं. १० शंखमुलका कार्यवाहक वडाध्यक्ष रोहिनी श्रेष्ठले संयुक्तरूपमा शंखमुल शाखा, बैंक सञ्चालक आशा राणा अधिकारी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संयुक्त रूपमा ठैब शाखा तथा बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संयुक्तरूपमा गोंगबु जालपा शाखाको उद्घाटन गरेका हुन् ।
उक्त उद्घाटन कार्यक्रम/समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरू, बैंकका वरिष्ठ पदाधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकैसाथ चार नयाँ शाखा उद्घाटन गरेको हो । बैंकले चारैवटा नयाँ शाखाहरू एकै समयमा उद्घाटन गर्ने कार्यक्रम बनाएको थियो । विगत ३७ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरूलाई पूर्णरूपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्नेछ । मुलुककै अग्रणी बैंकमध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरूमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ ।
आइतबार उद्घाटन भएका चार नयाँ शाखासँगै नबिलको शाखा कार्यालय एक सय ४१ पुगेको छ । बैंकले एक सय ८७ एटीएम र एक हजार पाँच सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दै आइरहेको छ । नबिल बैंक आफ्ना सेवाग्राही तथा ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध छ । देशकै अग्रणी तथा आम लगानीकर्तालाई उच्च प्रतिफल दिन सफल बैंक नबिलले उत्पादनमूलक क्षेत्र तथा युवालाई प्राथमिकतामा राखेर बैंकिङ सेवा प्रदान गर्नुका साथै पर्यावरण र मानव समाजलाई सहयोग पुग्ने क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्ने प्रतिबद्धता गरेको छ ।