काठमाडौं । शेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन दुई कार्य दिन उकालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार १७ दशमलव १५ अंकले ओरालो लागेर २६ सय ५० दशमलव ९७ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव २६ अंकले ओरालो लागेर पाँच सय दुई दशमलव ५९ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको शेयर कारोबार भएका छन् । जसबाट आज ४६ हजार दुई सय ८७ पटकको कारोबारमा ६५ लाख २९ हजार २६ कित्ता शेयर किनबेच भएको छ । सोही किनबेचको आधारमा आज कुल कारोबार रकम तीन अर्ब ३६ करोड ४२ लाख २९ हजार एक सय ७५ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएको कुल उपसमुहरु मध्ये चार वटा उपसमुहहरु उकालो लागेका छन् भने बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।