काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र भक्तपुर उद्योग वाणिज्य संंघबीच सम्झौता भएको छ । सो अवसरमा उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सम्पूर्ण सहभागीलाई स्वागत गर्दै बीमाको अपरिहार्यताको बारेमा प्रकाश परेका थिए ।
सोही कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले भक्तपुर क्षेत्रका व्यवसायीसँग सहकार्य गरी परिस्कृत सेवा प्रदान गर्न यो सम्झौताले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास र प्रतिबद्धता व्यक्त गरेका थिए ।
उक्त कार्यक्रमका संयोजक तथा संघका महासचिव दिनेश गाेंसाइले कार्यक्रमको औचित्य र बीमाको महत्वको बारेमा प्रस्ट पारेका थिए भने संघका वरिष्ठ उपाध्यक्ष रोशनी मैया धौवन्जाले बीमाको अपरिहार्यताको बारेमा आफ्नो मन्तव्य राखेका थिए । सोही अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष मानन्धरले बीमा सेवा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।