काठमाडौं । फागु पर्व (होली)को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डेटासहितको फागु अफर (होली अफर) उपलब्ध सार्वजनिक गरेको । यो अफर बिहीबारदेखि सुरु भई चैत १७ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत ६९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डेटा २४ घण्टा, ९८ रुपैयाँमा छ जीबी डेटा तीन दिन र दुई सय ९४ रुपैयाँमा २० जीबी डेटा १० दिनका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
स्टार १४१५ स्टार ११ ह्याक्स डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । नेपालीहरुको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैँलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहने कम्पनीको भनाइ छ ।