काठमाडौं । पछिल्लो समय अत्यधिक मात्रामा ग्राहकले मन पराएको फोटोन टुनल्यान्डको नयाँ भेरियन्ट नेपाली बजारमा आउने भएको छ । टुनल्यान्ड इप्लस गाडी केही समयभित्रै नेपाली बजारमा आउने नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक बिक्रेता एमडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले जानकारी दिएको छ ।
कुन स्पेसिफिकेसनको भन्ने विषयमा भने कम्पनीले अहिले धेरै कुरा खुलाएको छैन । तर कम्पनीका सेल्स हेड नबिन आचार्यले पावर, लुक्स र परफर्मेन्समा जब्बर गाडी आउने बताए । फोटोन टुनल्यान्डले चिनियाँ गाडीप्रति हेर्ने नजर परिवर्तन गरेको र यस विश्वासलाई फोटोनले कायम राख्ने उनले बताए । कम्पनीले यसमा २.० लिटर क्षमताको डिजेल इन्जिन भएको जानकारी दिएको छ ।
उक्त इन्जिनले १४८ हर्स पावर प्रदान गर्नेछ भने अधिकतम टर्क ३२० एनएम रहेको छ । ट्रान्समिसन छ फरवार्ड र एक रिजर्ब सिस्टम भएकाले माइलेज पनि उत्कृष्ट रहने कम्पनीले जनाएको छ । पावर, लुक्स र परफर्मेन्सका कारण लोकप्रिय बन्दै गइरहेको फोटोनले पछिल्लो समय आफ्नो डिलर र सर्भिस सेन्टर पनि आक्रामक रुपले वृद्धि गरिरहेको छ ।