चितवन । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा निःशुल्क दन्त शिविर हुने भएको छ । विश्व मुख स्वास्थ्य दिवस (ओरल हेल्थ डे) को अवसर पारेर आइतबार शिविर आयोजना गरिएको हो ।
शिविर अस्पतालको दन्त रोग भवनमा नै हुनेछ । डेण्टल विभागका डा. सफलढुंगेलका अनुसार बिहान ९ बजेबाट साँझ ५ बजेसम्म शिविर सञ्चालन गरिनेछ । शिविरमा ओपीडी टिकट, दाँत निकाल्ने, दाँतको सामान्य भराई, परामर्श निःशुल्क दिइनेछ भने अन्य सेवाहरुमा १० प्रतिशतको छुटको व्यवस्था रहेको डा. ढुंगेलले जानकारी दिए । अस्पतालले विभिन्न अवसरमा अस्पताल तथा समुदायमा पुगेर शिविरहरु सञ्चालन गर्दै आएको छ ।