काठमाडौं । यस साता सेयरबजार परिसूचक दुई हजार छ सय ३१ दशमलव ३२ विन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ९७ दशमलव ३७ विन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय ३१ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख ६६ हजार पाँच सय ४२ पटकको कारोबारमा दुई करोड २८ लाख ६८ हजार तीन सय ९७ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम १२ अर्ब २२ करोड ६७ लाख ७८ हजार पाँच सय ८९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा दुई अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ३० वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख २९ हजार आठ सय ७८ पटकको कारोबारमा दुई करोड १० लाख २५ हजार ८१ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम १० अर्ब २३ करोड ८३ लाख ६१ हजार सात सय ७८ रुपैयाँ पुुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष चार कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो र दोस्रो बजार परिसूचक उकालो लागेको थियो भने तेस्रो र चौथो दिन ओरालो लागेको थियो । पाँचौँ कार्यदिन भने सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।
जसअनुसार पहिलो दिन बजार परिसूचक एक सय एक दशमलव सात अंकले उकालो लागेर दुई हजार छ सय ६७ दशमलव ९७ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव ३७ अंंकले उकालो लागेर पाँच सय नौ दशमलव ९० विन्दुमा चढेको थियो । दोस्रो दिन पनि बजार परिसूचक शून्य दशमलव १५ अंकले उकालो लागेर दुई हजार छ सय ६८ दशमलव ११ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव शून्य पाँच अंंकले ओरालो लागेर पाँच सय नौ दशमलव ८५ विन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन भने बजार परिसूचक १७ दशमलव १५ अंकले ओरालो लागेर दुई हजार छ सय ५० दशमलव ९७ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव २६ अंंकले ओरालो लागेर पाँच सय दुई दशमलव ५९ विन्दुमा झरेको थियो ।
चौथो कारोबार दिन पनि बजार परिसूचक १९ दशमलव ६५ अंकले ओरालो लागेर दुई हजार छ सय ३१ दशमलव ३२ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव २२ अंंकले ओरालो लागेर चार सय ९७ दशमलव ३७ विन्दुमा झरेको थियो । पाँचौँ कारोबार दिन भने सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम, नबिल, बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।