काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले आफनो १५औँ शाखाको आर्थिक तथा पर्यटकीय नगरी चितवन जिल्लाको नारायणगढ, सहिदचोकमा विस्तार गरेको छ । आफनो १५औँ शाखा विस्तारको क्रममा चितवन जिल्लाको, नारायणगढ, सहिदचोकस्थित नारायणगढ शाखा कार्यालयको बुधबारका दिन चितवन जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठले विदिवतरूपमा उद्घाटन गरी शुभारम्भ गरेका हुन् ।
उक्त शाखा शुभारम्भ कार्यक्रममा संस्थाका प्रमुख लगानीकर्ताहरू तथा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरू एवं ग्राहकहरूको उपस्थिति रहेको थियो । निकट भविष्यमा नेपालको बाग्लुङको गलकोट, प्रदेश नं. २ को विरगंज तथा प्रदेश नं. १ को इटहरीमा लगायत अन्य जिल्लाहरूमा शाखा कार्यालय खोल्ने योजना रहेकोे फाइनान्सले पछिल्लो वर्षमा उल्लेख्य वित्तीय विवरण सुधार गर्दै आफ्नो ग्राहकवर्गलाई उच्चतम प्रविधिका साथ ग्राहकवर्गमा सेवा उपलब्ध गराउँदै आएको छ । घरमै बसी अनलाइनमार्फत सहज तथा सरल तवरले खाता सञ्चालनको नयाँ सुविधा समेत संस्थाले हालसालै सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।