काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १४ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने १८ दशमलव सात अंकले उकालो लागेर २६ सय ३४ दशमलव ६५ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९२ अंकले उकालो लागेर चार सय ९६ दशमलव ३० बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३१ वटा कम्पनीहरुको शेयर खरिद बिक्री भएका छन् । जसबाट ३७ हजार नौं सय ३९ पटकको कारोबारमा ५१ लाख ८९ हजार ८३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज दुई अर्ब ५९ करोड २७ लाख १८ हजार एक सय ३१ रुपैयाँको शेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये होटल तथा पर्यटन र अन्य उपसमुहको सुचक ओरालो लागेर बाँकी उपसमुहको सुचक उकालो लागेका छन् ।