काठमाडौं । गौरीशंकर च्छो–रोल्पा सेवा सम्मानबाट राजन बस्नेत सम्मानित भएका छन् । समाजसेवाको क्षेत्रमा क्रियाशील उनलाई गौरीशंकर छो–रोल्पा मिडिया प्रालिले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर उनलाई उक्त सम्मान दिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एक कार्यक्रमका बीच सम्मान प्रदान गरेका थिए । महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुको हित र संरक्षण हुने कार्यमा क्रियाशील रहेकोले बस्नेतलाई सम्मान गरिएको पुरस्कार छनोट समितिका संयोजक एवम् कलाकार मदनदास श्रेष्ठले बताए । राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट समेत सम्मानित बस्नेत १० दर्जन भन्दा बढी राष्ट्रिय तथा स्थानीय पुरस्कारबाट सम्मानित भइसकेका छन् ।