काठमाडौं । सेयर बजार परिसुचक पुन उकालो लागेको छ । अघिल्लो दिन १८ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन १२ दशमलव ५४ अंकले उकालो लागेर २६ सय ४७ दशमलव २० बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव शुन्य छ अंकले उकालो लागेर चार सय ९८ दशमलव ३६ बिन्दुमा चढेको छ । आज कुल १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३५ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअन्तर्गत ३६ हजार सात सय ७२ पटकको कारोबारमा ५३ लाख २९ हजार नौ सय ९३ कित्ता सेयर किनबेच भएका छन् । सोही आधारमा आज कुल दुई अर्ब ५१ करोड ८८ लाख ९४ हजार एक सय ७८ रुपैयाँ बराबरको सेयर कारोबार हुन पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये ट्रेडिङ उपसमुहको सुचक ओरालो लागेर २५ सय २४ दसमलव ८२ बिन्दुमा झरेकोमा बाँकी उपसमुहको सुचक भने उकालो लागेका छन् ।