काठमाडौं । ग्रेट वाल मोटर्स (जीडब्लुएम) हाभल एच६ ले अस्ट्रेलियासियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एनक्याप) दुर्घटना परीक्षणमा हालको २०२०–२०२२ सुरक्षा प्रोटोकलहरुका लागि फाइभ–स्टार प्राप्त गरेको छ ।
जीडब्लुएम पिक–अप पजवरपछि यस्तो उच्च मूल्यांकन प्राप्त गर्ने एच६ जीडब्लुएमको दोस्रो गाडी हो । हाभल एच६ ले एडल्ट अकुप्यान्ट प्रोटेक्सनमा ९० प्रतिशत, चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ८८ प्रतिशत, भल्नरेबल रोड युजर प्रोटेक्सनमा ७३ प्रतिशत र सेफ्टी असिस्टमा ८१ प्रतिशत स्कोर ल्याउँदै फाइभ–स्टार सुरक्षा मूल्यांकन प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको छ ।
एनक्यापका अनुसार हाभल एच६ ले साइड इफेक्ट र अब्लिक पोल टेस्ट, फ्रन्ट–र–रियर–सिट अक्युप्यान्ट ह्विप्ल्यास प्रोटेक्सन र फ्रन्टल अफसेट टेस्टमा फ्रन्ट–सिट प्यासेन्जर प्रोटेक्सनमा पूर्णांक पाएको छ ।
चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ‘परप्परागत विशिष्ट बाल प्रतिबन्धहरुको दायरालाई सुरक्षित रुपमा समायोजन गर्ने’ एच६ लाई एनक्यापले प्रशंसा गरेको छ । यसैगरी टर्न–अक्रस–पाथ इन्टरसेक्सन परीक्षणमा अर्को गाडीसँग ठोक्किनबाट रोक्ने क्षमता भएकोमा एनक्यापले हाभाल एच६ को जंक्सन असिस्ट फिचरको पनि प्रशंसा गरेको छ ।
हाभाल एच६ को सक्रिय सुरक्षा सुविधाहरुलाई एनक्यापले तारिफ गरेको छ र सबै आपतकालिन लेन राख्ने परीक्षण अवस्थाहरुसँगै कार–टु–कार र कार–टु–साइक्लिस्ट अटोनेमस इमर्जेन्सी ब्रेकिङ क्षमताहरुलाई राम्रो मूल्यांकन गरेको छ ।