मस्को । द मस्को स्टक एक्सचेन्ज बिहीबार केही समयका लागि खुल्ने भएको छ । युक्रेनमाथि आक्रमण थालेको रुसको सेयरबजार झण्डै महिना दिनमा बल्ल कारोबारका लागि आंशिक खुल्ने तयारीमा रहेको हो ।
एजेन्सीहरुका अनुसार रुसी केन्द्रीय बैंकले आंशिक रुपमा सेयरबजार खोल्न लागेको हो । यसअनुसार २४ तारिखमा ३३ सेयर कारोबारका लागि खुल्नेछ । यसमा गाजप्रोम, लुकोइल, भीटीबी बैंक, स्बरबैंक, रुसल र रोसनेफ्टको सेयर कारोबार हुनेछ । तर निश्चित समयावधिका लागि मात्र सेयरबजार खुल्नेछ ।
रुसी सेयरबजार महिना दिनयता बन्द रहेको छ । युक्रेनमाथि रुसले थालेको आक्रमणपछि सेयरबजार खुल्न नसकेको हो । फेब्रुअरी २८ मा सेयरबजार कारोबार निलम्बन गरिएको थियो ।