काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन २० अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार १६ दशमलव ६९ बिन्दुले ओरालो लागेर २६ सय १३ दशमलव ६७ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव १७ अंकले ओरालो लागेर चार सय ८८ दशमलव ९४ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय २४ वटा कम्पनीह्रुको सेयर खरिद बिक्र भएका छन् । जसबाट ४५ हजार ७६ पटकको कारोबारमा ५२ लाख ९८ हजार पाँच सय ४३ कित्ता सेयर किनबेच भएको छ । सोही किनबेचको आधारमा आज कुुल सेयर कारोबार रकम तीन अर्ब २४ करोड ८९ लाख ४३ हजार आठ सय २५ रुपैयाँ पुग्न सफल भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा दुई वटा समुहहरुको सुचक उकालो लाागेका छन् भने बाँकी ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।