काठमाडौं । अपी पावर लिमिटेडले एक अर्ब आठ करोड ६० लाख रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले यही चैत २५ गतेबाट हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब ७५ करोड ८९ लाख १५ हजार पाँच सय ७५ रुपैयाँमध्येबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक करोड आठ लाख ६० हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको कम्पनीकोे हकप्रद सेयरको बिक्रीकार्य यही वैशाख १५ गते बन्द हुनेछ । अधिकृत पुँजी पाँच अर्ब तथा जारी पुँजी चार अर्ब रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात् चुक्ता पुँजी तीन अर्ब ८४ करोड ४९ लाख १५ हजार पाँच सय ४५ रुपैयाँ पुग्नेछ ।