काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र अरिकल इभेन्ट्स प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात् महाराजगञ्ज, नारायण गोपालचोकमा अवस्थित अरिकल इभेन्टस प्रालिमा बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान–पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न खानाका परिकारहरुमा आर्कषक छुट प्राप्त गर्ने कुरा बैंकले जनाएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाहरुबाट विभिन्न जनचेतामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरुमार्फत करिब छ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।