काठमाडौं । एनएमबी बैंक गैँडाकोट शाखाले आफ्ना कर्मचारी तथा ग्राहकहरुको सहभागितामा गैँडाकोट–४, दर्शन चोकमा ‘वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न गरेको छ । कञ्चन आमा समूूहको प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रममा एनएमबी बैंक गैँडाकोट शाखाका कर्मचारीद्वय प्रदिप खनाल र राजु पोख्रेलले बैंकको परिचय, बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजिटल बैंकिङका साथै बैंकको महत्वका बारेमा प्रकाश पारेका थिए । उक्त आमा समूहको तर्फवाट निबर्तमान अध्यक्ष श्रीमती शान्ता भुजेलले बैंकले आउँदा दिनहरुमा पनि यस्ता वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरुको आयोजना गरी समूहलाई अझ सशक्त बनाइदिनेछ भन्ने विश्वास राख्दै आफ्नो मन्तव्य व्यक्त गरेकी थिइन् ।
बैंकले सर्वसाधारणलाई बैंकिङ तथा वित्तीय साक्षरतासम्बन्धी सचेतना र सशक्तीकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ । एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द बैंकर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको र एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले हाल देशभरि दुई सय एकवटा शाखा, एक सय ३९ वटा एटीएमहरू, १० एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।