काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विराटनगरस्थित कोशी अस्पताललाई आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाखबराबरको अस्पतालले उपलब्ध गराएको विवरणबमोजिम हेमोडायलाइसिस मेसिनहरू प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेल र कोशी अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेन्ट डा. यज्ञराज खरेलले हस्ताक्षर गरेका छन् ।
कोशी अस्पतालले उक्त हेमोडायलाइसिस मेसिन अस्पतालमा आउने बिरामीहरूको उपचारको लागि प्रयोग गर्नेछ । बैंकले पु-याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसिस सेवा प्रदान गरी जीवनस्तर सुधार गर्न केही हदसम्म भए पनि मदत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको छ भने आगामी दिनहरूमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैैँ आफ्नोे उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।