अमेरिका । अर्बपति इलोन मस्कलाई कोरोना संक्रमण भएको छ । अमेरिकी मिडियाहरुका अनुसार संक्रमण भए पनि स्वास्थ्य अवस्था ठीक रहेको उनले बताएका छन् । अहिले उनलाई दोस्रोपटक कोरोना संक्रमण भएको हो ।
सोमबार ट्विट गर्दै टेस्ला र स्पेस एक्सका सीईओ मस्कले कुनै लक्षण भने नदेखिएको उल्लेख गरेका छन् । यसअघि उनलाई सन् २०२० नोभेम्बरमा कोभिड संक्रमण भएको थियो । त्यतिबेला संसारमा यसविरुद्धको खोप समेत आइसकेको थिएन । त्योसँगै उनी चार अन्तरिक्षयात्रीलाई स्पेस एक्स रकेटमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन पठाउँदा क्वारेन्टाइनमा बस्नुपरेको थियो ।
मस्कले कोभिड देखिएयता सार्वजनिक स्वास्थ्य नीतिको चर्को आलोचना गर्दै आएका छन् । यद्यपि आफूले खोप अभियानलाई समर्थन गर्ने बताउँदै आएका छन् । टाइम वर्ष व्यक्ति हुँदा उनले आफ्नो परिवारले खोप लगाएको बताएका थिए ।