काठमाडौं । स्किल विकको तेस्रो संस्करण उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू लगायतको उपस्थितिमा आइतबार द सोल्टी होटलमा सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे प्रमुख अतिथिको रुपमा उपस्थिति भएका थिए ।
स्किल विक एकहप्ते कार्यक्रम थियो, जसमा विभिन्न सीपमूलक तालिम, कार्यशाला, केस स्टडीलगायत मनोरञ्जनलाई मध्यनजर राख्दै सीपलाई विवभिन्न आयामबाट प्रस्तुत गर्ने कोशिस गरिएको थियो । कलकारखाना, शैक्षिक संस्था एवं सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिई तिनै क्षेत्रबाट सीपमूलक रोजगारीका अवसर, बढ्दोे सीपप्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्य लिई स्किल विक कार्यक्रम २१ मार्चदेखि २९ मार्चसम्म सञ्चालन भएको थियो । यस कार्यक्रममा चारा फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य, विज्ञान तथा प्रविधि रहेका थिए ।
यसैबीच यिनै चार विधामा चार अत्यन्त प्रेरणादायी व्यक्तित्वहरुलाई नबिल स्किल हिरो अवार्ड २०२२ उपाधिबाट सम्मानित गरिएको थियो । पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष÷एमडी लक्ष्मण न्यौपानेलाई सम्मान गरिएको थियो । उनी पर्यटनको क्षेत्रमा प्रभावशाली व्यक्तित्वका रुपमा चिनिन्छन् । त्यसैगरी कला र संस्कृतिको क्षेत्रमा गरेको समर्पणका लागि किरण मानन्धरलाई पनि सम्मान गरिएको थियो । उद्यमशीलता विधामा लक्ष्मी वुड क्राफ्ट उद्योगका संस्थापक तथा उद्यमी लक्ष्मी शर्मालाई उद्यमशीलताको क्षेत्रमा योगदान पु-याएको भन्दै पुरस्कृत गरियो ।
यस्तै विज्ञान र प्रविधि क्षेत्रका लागि, तिलगंगा आँखा संस्थानका संस्थापक र दृष्टिविज्ञ नेत्र रोग विशेषज्ञ सन्दुक रुइतलाई सानो चिरा मोतियाविन्दुको शल्यक्रिया गरेर अफ्रिका र एसियाभरका एक लाख ८० हजारभन्दा बढी मानिसको आँखाको ज्योति पुनस्र्थापना गर्ने प्रयासको लागि सम्मान गरिएको थियो । नबिल स्किल हिरो – सस्टेनेबल बैंकिङ अवार्ड सुयल बखरा फर्मबाट एकराज सुयललाई सम्मान गरिएको थियो ।