काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी)ले यही चैत ७ गतेदेखि चैत १३ गतेसम्म ‘ग्लोबल मनी वीक–२०२२’ को उपलक्ष्यमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।
वित्तीय साक्षरताअन्तर्गत केन्द्रीय कार्यालयलगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरूले अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुको साथै प्लेकार्ड, ब्यानर आदिको प्रयोग गरी -याली समेत आयोजना गरेको थियो । संस्थामा आबद्ध रहेका सदस्य, समुदाय एवं स्कुलमा अध्ययनरत छात्र छात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन मनी वीकले तय गरेका विषयवस्तु तथा नाराहरूमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रमबाट करिब १७ हजार जना लाभान्वित भएको संस्थाले जनाएको छ ।