काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले ओखलढुंगा जिल्ला, सिद्धिचरण नगरपालिका, वडा नं ०४ रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भूतपूर्व मन्त्री अम्बिर बाबु गुरुङले गरेका हुन् ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्के, रुम्जाटार यातायात व्यवस्था कार्यालयका प्रमुख गोपाल दाहाल, सिद्धिचरण नगरपालिका वडा नं ०४ का अध्यक्ष रत्न बहादुर गुरुङ, रुम्जाटार माविका प्रधानाध्यपक गोकर्ण बहादुर बानियाँ, सिभिल बैंकका चिफ क्रेडिट बिजनेस सुमन आचार्य र प्रदेश नं. १ का प्रदेश प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति, मिडियाकर्मीहरू तथा सर्वसाधरणको उपस्थिति रहेको थियो । अब त्यस क्षेत्रका सेवाग्राहीहरूले यातायात व्यवस्था कार्यालयसँग सम्बन्धित सम्पूर्ण कर तथा दस्तुरहरूको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग गर्न सक्नेछन् । बैंकले हालसम्म करिब सात लाख ग्राहकहरूलाई एक सय १५ शाखाहरू, ११ एक्सटेन्सन काउन्टरहरू तथा ९७ एटीएमहरूमार्फत सम्पूर्ण बैंकिङ सेवातथा सुविधाहरू प्रदान गर्दै आएको छ ।
करिब सात लाख ग्राहकहरूलाई एक सय १५ वटा शाखाहरू, ११ एक्सटेन्सन काउन्टरहरू तथा ९७ एटीएमहरूमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले एक्सटेन्सन काउन्टरसहित ११ एक्सटेन्सन काउन्टरहरू स्थापित गरिसकेको छ । जसमध्ये सातवटा एक्सटेन्सन काउन्टरहरू नेपाल सरकारको कर तथा राजस्व संकलन गर्न स्थापित गरिएको हो । बैंकले हालसम्म करिब ८९ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ९० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।