काठमाडौं । एनआईसी एसिया क्यापिटलले आइडिया टु आईपीओ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापनकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पु-याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ । सोही सेवाअन्तर्गत बुटवलमा कार्यालय रहेको बुद्धनगर एग्रो फार्म लिमिटेडको एक सय रुपैयाँ अङ्कित दरका पाँच लाख कित्ता साधारण सेयर सर्वसाधारणहरूमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरूसहित) साधारण सेयर सार्वजनिक निष्कासन गर्नको लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र बुद्धनगर एग्रो फार्म लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको छ । आईपीओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको हकमा पहिलो कम्पनी हो ।
एनआईसी एसिया क्यापिटलको आईडीया टु आईपीओ सेवाअन्तर्गत उक्त बुद्धनगर एग्रो फार्म लिमिटेडलाई आईपीओ जारी गर्ने चरणसम्म पु-याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराई यथाशीघ्र आईपीओ जारी गर्ने व्यवस्था मिलाइने कम्पनीले जानकारी दिएको छ । क्यापिटलले उक्त एग्रो फार्मलाई अन्य आवश्यक व्यवसायी रणनीति तथा समग्र वित्तीय अवस्थाको अध्ययन गरी सुधार गर्नुपर्ने पक्षमा परामर्श सेवा समेत उपलब्ध गराउनेसम्बन्धी समेत दुईपक्षीय सम्झौता भएको जानकारी गराएको छ ।
साथै उक्त आइडिया टु आईपीओ सेवासम्बन्धी थप जानकारीको लागि मर्चेन्ट बैंकिङ प्रमुख, दामोदर रायमाझी मोबाइल नं. ९८५११८४९७९ वा इमेल ठेगानामा सोझै सम्पर्क गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।