काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको भैरहवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकालाई डस्टबिन सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिकालाई १३ थान डस्टबिन हस्तान्तरण गरेको हो ।
नगरपालिकामा चुनौतीको रूपमा रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत डस्टबिन हस्तान्तरण गरिएको कुरा बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले जानकारी गराए । नगरपालिकाको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका भैरहवा शाखा प्रबन्धक गुप्ताले सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेलाई डस्टबिन हस्तान्तरण गरेका हुन् ।
सोही कार्यक्रममा बोल्दै नगरपालिका उपप्रमुख उमा काफ्लेले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरू नगरभित्र प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको बताए । स्थानीय नगरवरपर फोहरमैला व्यवस्थापनमा नगरपालिकालाई सहजता होस् र वातावरणलाई स्वच्छ तथा सुन्दर बनाउन मदत पुग्ने हेतुले डस्टबिन वितरण गरिएको कुरा बैंकले जनाएको छ ।
बैंकले देशभर फैलिएर रहेका १०३ शाखाहरूबाट कोर बैंकिङका सेवाहरू मात्र नभई विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरूलाई प्रभाकारीरूपले निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेको छ बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।