काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो सय डेज रिटेलर स्किमको विजेताहरुको घोषणा गरेको छ । यो स्किम नेपालभरि रहेका एक हजारभन्दा बढी रियलमी ब्रान्डको रिटेलरहरुबीच एक सय दिन चलेको थियो ।
विजेताहरुलाई विभिन्न आकर्षक उपहारहरु गत चैत ९ गते एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । सेप्टेम्बर २१, २०२१ देखि चलेको यो स्किम डिसेम्बर २१, २०२१ मा अन्त्य भएको थियो । सबै विजेता रिटेलरहरुलाई उक्त कार्यक्रममा उपहारहरु वितरण गरिएको थियो । ए टु जेड मोबाइल्स, नारायणघाटले प्रोटोन सागा कार जितेको थियो ।
रियलमी नेपाल प्रमुख मुनिस गिरी, बिक्री निर्देशक दीपक नाक्रा, शंकर ग्रुपका कार्यकारी निर्देशक सक्क्षम जाटिया, र सोही ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालको उपस्थितिमा उपहार वितरण कार्यक्रम गरिएको थियो । रियलमी नेपालमा लन्च भएसँगै यो स्किम सबै वितरण च्यानलहरुको लागि खुला गरिएको थियो ।
यो स्किम लन्च हुँदा रियलमीको चारवटा स्मार्टफोनहरु मात्र नेपाली बजारमा उपलब्ध थिए । कम्पनीका अनुसार त्यतिबेला रियलमी सी२१, रियलमी सी२०, रियलमी सी११ र रियलमी ८ मात्रै बजारमा उपलब्ध थिए । साथै पहिले कहिल्यै नदेखिएको मूल्य र आक्रामक बजार रणनीतिका साथ यी स्मार्टफोनहरु नेपाली बजारमा ल्याइएको थियो ।