काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले यही चैत १२ गते शनिबार पेप्सीकोलास्थित सूर्यमुखी पार्कमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत रही क्यालिस्थेनिक्स पार्क सञ्चालनमा ल्याएको छ ।
नेपाली युथ फिटनेस एन्डक्यालिस्थेनिक्सको सहकार्यमा निर्माण गरिएको उक्त पार्कको समुद्घाटन बैंकका प्रमुख भ्याली रिर्सोसेस प्रदिप पन्त र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव तोयम रायामाझीले गरेका हुुन् । व्यस्त जीवनशैलीका कारण शारीरिक व्यायामको कमीले बढ्दै गएको स्वास्थ्य समस्या कम गर्नुका साथै खुला स्थानको सदुपयोग गर्ने उद्देश्यका साथ बैंकले उक्त पार्क निर्माण गर्न आर्थिक सहयोग प्रदान गरेको हो ।
निःशुल्क व्यायाम उपकरणको सुविधा भएको उक्तपार्क सञ्चालनपश्चात् त्यस क्षेत्रका स्थानीयवासीहरूका लागि स्वस्थ जीवनशैली विकास गर्न केहीहदसम्म भए पनि मदत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको छ भने आगामीदिनहरूमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।