काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक ३० दशमलव ८९ अंकले ओरालो लागेर २५ सय १३ दशमलव ४१ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स नि छ दशमलव ४४ अंकले ओरालो लागेर चार सय ६० दशमलव तीन बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २५ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । जसबाट २८ हजार एक सय १३ पटकको कारोबारमा ३२ लाख ५३ हजार आठ सय १६ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसअनुसार आज कुल सेयर कारोबार रकम एक अर्ब ४६ करोड सात लाख ७३ हजार सात सय २९ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सामुहिक लगानी कोष समुहको सुचक स्थिर रहेको छ भने बाँकि उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।