काठमाडौं, माघ २९
ग्लोबल आईएमई बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एक करोड रूपैयाँ सहयोग प्रदान गरेको छ । रंगशाला निर्माणका लागि सहयोग जुटाउन चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सहयोगको घोषणा गरेका हुुन् ।
देशकै गौरबको योजनाको रूपमा रहेको क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न बैंकले सहयोग गरेको हो । राष्ट्रको खेलकुदको विकास तथा क्रिकेटका क्षेत्रमा विगतमा नेपाली खेलाडीहरूले गरेको प्रगतिलाई थप ऊर्जा प्रदान गर्दै खेलकुदमार्फत समग्र राष्ट्रलाई एकजुट बनाउने महानगरपालिकाको अभियानमा सहयोग गर्न पाउँदा बैंकपरिवार अत्यन्तै खुसी छ । ग्लोबल आईएमई बैंक परिवार भरतपुर महानगरपालिकाको योजना तथा सम्पूर्ण देशवासीको चाहनाअनुसारको यो रंगशाला निर्माण कार्य समयमै सम्पन्न हुने विश्वाससमेत व्यक्त गरेको छ ।