काठमाडौं, माघ २९ नेपाल एसबीआई बैंकको ऋणपको बिक्रीकार्य खुला भएको छ । बैंकको मंगलबारबाट एक हजार रूपैयाँ अंकित मूल्य कायम रहेको दुुई अर्ब ५० करोड रूपैयाँबराबरको २५ लाख कित्ता ऋणपत्रको बिक्रीकार्य खुला भएको हो । बैंकका अनुसार वार्षिक १० प्रतिशत ब्याजदर कायम रहनेगरी बैंकले १० प्रतिशत नेपाल एसबीआई बैंक ऋणपपत्र २०८६ बिक्री खुला गरेको हो । कुुमारी क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको बैंकको ऋणपत्रको बिक्रीकार्य छिटोमा यही फागुुन २ गते तथा ढिलोमा फागुुन २८ गते बन्द हुुनेछ । खरीदकर्ताहरूले न्युुनतम २५ देखि अधिकतम १० लाख कित्तासम्मको ऋणपत्र खरीदको लागि आवेदन दिन सक्नेछन । अधिकृत पुँजी अर्ब रूपैयाँ रहेको बैंकको जारी पुँजी भने आठ अर्ब ४४ करोड ९२ लाख ५० हजार पाँच सय २३ रूपैयाँ पुुगेको छ ।