काठमाडौं । लिभिङ विथ आईसीटीले सातै प्रदेशमा ई–बीमाको मुख्य प्रायोजनमा स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२ आयोजना आरम्भ गरेको छ । डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रवर्द्धकहरूलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानी समेत जुटाउने समेत उद्देश्यले यो योजना आयोजना गर्न लागिएको हो ।
गण्डकी प्रदेशबाट आरम्भ भएको यो कार्यक्रममा एनआईबीएल एस क्यापिटलले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रूपमा सेवा प्रदान गर्दै आएको एनआईबीएल एसले यस कार्यक्रममा सहभागीहरूलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउने र आफ्नो संस्थागत परामश सेवामार्फत नवीनतम योजना र सोचहरूलाई व्यावसायिक पूर्णता दिने उद्देश्य रहेको जानकारी दिएको छ ।
क्यापिटलले संस्थागत परामर्श सेवामार्फत व्यावसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पुँजी सङ्कलन गर्ने, ऋण संकलनमा वित्तीय संस्था र व्यवसायीबीच मध्यस्थता गर्ने र अन्य व्यावसायिक जटिलताहरूमा उचित परामर्श प्रदान गर्दै आएको जानकारी दिएको छ ।