काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन १४ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन मंगलबार पुुन ४६ दशमलव ४६ अंकले ओरालो लागेर २४ सय ५२ दशमलव छ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३४ अंकले ओरालो लागेर चार सय ५८ दशमलव २२ बिन्दुमा झरेको छ । सेयर बजार परिसुचक ओरालो लागेपनि यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन एक अर्ब ५८ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यसदिन यस्तो रकम बढेर दुई अर्ब ६७ करोड १२ लाख ३२ हजार तीन सय ८८ रुपैयाँ पुगेको छ । १३ वटा समुह अन्तर्गत ४५ हजार आठ सय ९४ पटकको कारोबारमा ५८ लाख ४१ हजार नौं सय ९८ कित्ता सेयर खरिद बिक्री हुँदा यसदिन उक्त परिमाणमा रकम कारोबार भएको हो ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोबार भएका कुुल उपसमुहहरु मध्ये होटल तथा पर्यटन उपसमुहको सुचक १५ दशमलव १२ अंकले ओरालो लागेर तीन हजार ५१ दशमलव चार बिन्दुमा चढेकोमा बाँकी उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।