काठमाडौं । कुमारी बैंक लिमिटेडले २०औँ वर्ष सफलतापूर्वक सम्पन्न गरी २१औँ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा कुमारी बैक कर्मचारी संघले रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एवं अन्य स्वयम सेवी रक्तदाताहरू गरी एक सय नौ जनाले रक्तदान गरेका छन् । देशमा स्वास्थ पक्षको लागि आवश्यक रगत आपूर्तिमा उक्त कार्यकमबाट सङ्कलित रगतबाट केही सहज हुनेमा आयोजक विश्वस्त रहेको छ ।
कुमारी बैंकले नेपालमा प्रचलित परम्परागत बैंकिङ पद्धतिलाई नयाँ प्रविधिको प्रयोग एक सय ९७ वटा शाखा सञ्जाल, एक सय ७७ वटा एटीएम, ४३ शाखारहित बैंकिङमार्फत ग्राहक वर्गको सुविधा र चाहनाअनुरूपका सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ । साथै बैंकले आगामी दिनमा उत्कृष्ट सेवा तथा सुविधाहरू प्रदान गर्दै अझ बढी विश्वसनीय र सबल बैंकको रूपमा स्थापित हुने प्रतिवदता जनाएको छ ।