काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ४६ दशमलव ४६ बिन्दुले ओरालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पनि २३ दशमलव ३२ अंकले ओरालो लागेर २४ सय २८ दशमलव ७५ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २८ अंकले ओरालो लागेर चार सय ५५ दशमलव ९४ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २६ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३८ हजार एक सय ७६ पटकको कारोबारमा ४३ लाख ७२ हजार एक सय ७१ कित्ता सेयर किनबेच हुन पुुगेको छ । सोही किनबेचको आधारमा आज कुल कारोबार रकम एक अर्ब ९९ करोड २९ लाख ७१ हजार सात सय ६४ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा समुहको भएका छन् । जसमध्ये तीन वटा समुहको सुचक बढेर १० वटा समुहको सुचक घटेका छन् ।