काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्दलाल संघईले शपथग्रहण गरेका छन् । कम्पनीको सञ्चालन समितिको अध्यक्षको रूपमा संघईले शपथग्रहण गरेका हुन् ।

बुधबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम शपथ दिलाएको कम्पनीले जानकारी दिएको छ ।