नयाँ दिल्ली । अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडले आफ्नो मुम्बई परिसरमा विद्युतीय गााडीको चार्जिङ स्टेसन स्थापना गरेको छ । यसमा कर्मचारीले निःशुल्क चार्ज गर्न पाउनेछन् ।
नवभारत टाइम्सका अनुसार कम्पनीको मानव संसाधन (एचआर) विभागले बुधबार आफ्ना कर्मचारीलाई इमेल पठाई यसबारे सूचित गराएको छ । मुम्बईस्थित रिलायन्स कर्पोरेट पार्क (आरसीपपी) मा जियो बीपी पल्स ईभी चार्जिङ क्षेत्र बनाएको छ ।
कम्पनीले कर्मचारीहरुसलाई यहाँ निःशुल्क चार्ज गर्न सक्ने सूचित गराएको छ । रिलायन्सले आफ्ने अन्य परिसरमा पनि यही प्रकारको पूर्वाधार बनाउन सक्ने बताएको छ । यो सुविधा लिन कर्मचारीले जियो बीपी पल्स चार्ज मोबाइल एपमा दर्ता हुनुपर्ने बताइएकोा छ । ईभी चार्जिङ सेसन सुरु गर्न चार्जिङ युनिटमा क्युआर कोड स्क्यान गर्नुपर्नेछ ।