काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न गरेको छ । कम्पनीले यही चैत २२, २३ र २४ गते रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको चन्द्रपुरमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा सहभागी बीमा अभिकर्तालाई अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल र कृषि विभागमा कार्यरत श्री सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा २९ जना बीमा अभिकर्तालाईको सहभागिता भएको थियो र कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेडको रौतहट शाखाका प्रमुख प्रभु चौधरीलेले गरेका थिए ।