काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ०४, गोंगबुमा आफ्नो २४औं शाखा उद्घाटन गरेको छ । मञ्जुश्री फाइनान्सको संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्वमुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदूत दामोदर प्रसाद गौतमले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
२०७८ साल पुस मसान्तसम्म एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रियस्तरको यस फाइनान्सले ११ अर्ब ६३ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ११ अर्ब दुई करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । फाइनान्सले विप्रेशण, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको जानकारी दिएको छ ।