काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले राजीनामा दिएकी छिन् । नेपाली वाणिज्य बैंकको क्षेत्रमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृतको रुपमा परिचय स्थापित गरेकी खुञ्जेलीले शुक्रबार पदबाट राजीनामा दिएकी हुन् ।
स्रोतका अनुसार सञ्चालक समितिसँग केही विषयमा मनमुटाव भएपछि खुञ्जेलीले पहिलो कार्यकाल केही समय बाँकी हुँदै राजीनामा दिएकी हुन् । मेगा बैंक सञ्चालक समितिको अहिले अध्यक्षरुपमा भोजबहादुर शाह, सञ्चालकहरुमा गोपाल खनाल, मदन कुमार आर्चाय, मुक्तिराम पाण्डे, डा. इन्द्र बहादुर मल्ल ठकुरी, बालकृष्ण सिवाकोटी र शिवादेवी काफ्ले सञ्चालकहरु रहेका छन् ।