काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले यही चैत्र २५ गते आफ्नो तेस्रो वार्षिक साधारणसभाको सम्पन्न गरेको हो ।
सभामार्फत संस्थाले हाल कायम रहेको अधिकृत पुँजी एक अर्ब रुपैयाँलाई वृद्धि गरी दुई अर्ब रुपैयाँ पु-याउने प्रस्ताव पारित गरेको छ । यसैगरी ६० करोड ८४ लाख रुपैयाँलाई वृद्धि गरी एक अर्ब तीन करोड ४२ लाख ८० हजार रुपैयाँ पु-याउने एवं हाल कायम रहेको चुक्ता पुँजी ७० करोड ८४ लाख रुपैयाँमध्येबाट ७० प्रतिशतले हुन आउने कुल ४२ करोड ५८ लाख ८० हजार रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि सभाले गरेको छ ।