काठमाडौं । वीन लघुवित्त वित्तीय संस्थाले ११ दशमलव पाँच प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी छ करोड १५ लाख रुपैयाँमध्येबाट ११ प्रतिशतको दरमा ६७ लाख ६५ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव पाँच प्रतिशतका दरले हुन आउने ती लाख ३८ हजार दुई सय ५० रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरण सम्बन्धमा संस्थाको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।