काठमाडौं । मेट लाइफले लगानी, उत्पादन तथा सेवा, आपूर्ति व्यवस्था, स्वयंसेवा तथा सामुदायिक प्रयासहरूको मिश्रणका माध्यमबाट सेवामा पहुँच नभएका एवं कम प्रतिनिधित्व भएकाहरूको आवश्यकताहरूलाई सम्बोधन गर्न विविधता, समता तथा समावेशीकरण २०३० प्रतिबद्धताहरूको एक विस्तृत योजनाहरूको घोषणा गरेको छ ।
प्रतिबद्धताहरूको विस्तृत प्याकेजले मेट लाइफको दिगोपनका प्रयासहरूलाई बढावा दिन्छ, जुन मेट लाइफको व्यापार रणनीतिसँग जोडिनुका साथै संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूमा समेत सूचित गरिएको कम्पनीले जानकारी दिएको छ ।
मेट लाइफका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत मिसेल खलाफ भन्छन्, ‘मेट लाइफको उद्देश्यले हामीलाई हाम्रा सबै सरोकारवालाहरूका लागि थप समावेशी र समतामूलक संसार निर्माण गर्न आह्वान गर्दछ । यी प्रतिबद्धताहरूको आकारले हामी हरेक क्षेत्रमा हाम्रो प्रतिबद्धताहरूलाई उल्लेखनीय रुपमा अगाडि बढाइरहेका छौँ भन्ने देखाउँछ । आफ्नो प्रगतिको लागि स्पष्ट अपेक्षा तथा लक्ष्यहरूको निर्धारणले हामीलाई जवाफदेही बनाउनुका सार्थ हाम्रो गतिलाई कायम राख्न मदत गर्दछ ।’
मेट लाइफले सन् २०३० सम्म महिला, अल्पसंख्यक तथा अपाङ्ग व्यक्तिहरूको स्वामित्वमा रहेका फर्महरूलाई अघि बढाउन एक अर्ब अमेरिकी डलरको लगानीको कोषको स्थापना गरिनेछ । यस प्रतिबद्धताका लागि मेट लाइफले सन २०२१ मा करिब १० करोड अमेरिकी डलरको अग्रिम भुक्तान पनि गरिसकेको छ । विविध आपूर्तिकर्ताहरूसँग गरिने खर्चलाई मेट लाइफको आपूर्तिकर्ता समावेशीकरण तथा विकास कार्यक्रमले हालसम्म प्रतिबद्ध गरेको रकमभन्दा १ दशमलव ६ अर्ब अमेरिकी डलरले बढाइ पाँच अर्ब अमेरिकी डलर पु-याइनेछ ।
मेट लाइफले उक्त खर्चको आर्थिक प्रभावका बारे वार्षिकरूपमा प्रतिवेदन पेस गर्नेछ । मेट लाइफ फाउन्डेसनको सेवामा पहुँच नभएका तथा कम प्रतिनिधित्व भएका समुदायहरूलाई १५ करोड अमेरिकी डलरबराबरको कोष स्थापना गरिनेछ । आठ लाख कर्मचारी स्वयंसेवक घण्टाका माध्यमबाट सेवामा पहुँच नपुगेका समुदायहरूको उत्थानका लागि ध्यान केन्द्रित गरिनेछ । यी प्रतिबद्धताहरू सन् २०३० सम्म साढे दुई अर्ब अमेरिकी डलरभन्दा बढी रहेको कम्पनीले जानकारी दिएको छ ।