काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमका दुई जना सञ्चालकहरुलाई हटाएर दुई जनालाई नयाँ नियुक्ति दिएका छन् ।

मन्त्री आलेले गत २१ गते निगमका दुई सञ्चालक ईश्वरी पौडेल र फुर गेल्जे शेर्पालाई बर्खास्त गरेर त्यसको भोलिपल्ट कांग्रेसको सिफारिसमा क्याप्टेन सुधीर राई र नेकपा एकीकृतको सिफारिसमा नेता प्रकाश ज्वालाको भतिजो संगम बीसीलाई नियुक्त गरेका हुन् ।