काठमाडौं । सशस्त्र प्रहरी बलका निवर्तमान महानिरीक्षक शैलेन्द्र खनालले आफ्ना बिचौलियालाई अर्दली र ड्राइभर सुविधा दिएर संगठनको दुरुपयोग गरेको पाइएको छ । महानिरीक्षक खनालले बिचौलिया नरेश भट्टलाई त्यस्तो सुविधा दिएका हुुन् ।

महानिरीक्षक खनालले बिचौलिया भट्टसँग निर्वाचन आयोग परिसरभित्र रहेको बाघभैरव गणमा भेटघाट गरेर अतिरिक्त आम्दानीको तानावाना बनाउने गर्ने गरेका थिए ।