काठमाडौं । पञ्चकन्या ग्रुपले दमकको बाल अस्पतालको भवन निर्माणमा सहयोग गर्ने भएको छ । पञ्चकन्या ग्रुपले काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थसँगको सहकार्यमा झापाको दमक वडा नं.७ मा बन्दै गरेको बाल अस्पतालमा ६० लाख मूल्यको एलजीएस स्ट्रक्चरबाट चार हजार वर्गफिट क्षेत्रफलमा अस्पतालका कोठा तथा भौतिक संरचनाहरु निर्माण गर्ने भएको हो ।
उक्त कार्यका लागि पञ्चकन्या ग्रुप र केआईओसीएचबीच सम्झौता–पत्रमा हस्ताक्षर भएको छ । ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको धर्मपत्नी निल कुमारी श्रेष्ठको स्मृति तथा आफ्नो औद्योगिक यात्रा ५०औँ वर्ष पूरा गरेको अवसरमा उक्त अस्पताललाई सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको हो । पञ्चकन्या ग्रुपले एक महिनाभित्र एलजीएसका संरचना निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्नेछ ।