काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी)ले केन्द्रप्रमुख गोष्ठी तथा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।
वित्तीय संस्थाको सप्तरी जिल्लामा रहेको खर्चुहिया शाखाले कर्जा, बचत, लघुविमा, केन्द्र व्यवस्थापन, साख सूचना आदि मुख्य विषयवस्तु समावेश गरी आयोजना गरेको उक्त एक दिने कार्यक्रममा उक्त शाखाको सबै केन्द्र प्रमुखहरूको उपस्थिति रहेको थियो ।
‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिँदै संस्थाले सेवाग्राहीहरूको समृद्धिमा टेवा पु-याउने उद्देश्यका साथ आफ्नो सेवाहरू करिब ६८ हजार घर परिवारमा पु-याएको जानकारी दिएको छ ।