काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । साताको दोस्रो कारोबार दिन भएपनि कारोबार खुलेको पहिलो दिन आज सोमबार सेयर बजार परिसुचक ४४ दशमलव ५६ अंंकले ओरालो लागेर २४ सय १९ दशमलव ८० बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ८७ अंकले ओरालो लागेर चार सय ५४ दशमलव ८७ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३३ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ५० हजार पाँच सय सात पटकको कारोबारमा ५० लाख ९५ हजारा आठ सय ३४ कित्ता सेयर खरिद –बिक्री भएको छ । जसबाट आज कुल सेयर कारोबार रकम दुई अर्ब २६ करोड सात लाख ८६ हजार छ सय २८ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो देखिएको छ ।