काठमाडौं । रिभर फल्स पावर लिमिटेडको सात करोड रुपैयाँबराबरको साधारण सेयरको बिक्रीकार्य खुला भएको छ । कम्पनीले आयोजनाप्रभावित क्षेत्र संखुवासभाका जनताको लागि एक सय रुपैंयाँ अंकित मूल्य कायम रहने गरी सात लाख कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमार्फत यही चैत २७ गते आइतबारबाट खुला भएको साधारण सेयरको बिक्रीकार्य छिटोमा यही वैशाख ११ गते र ढिलोमा वैशाख २६ गते बन्द हुनेछ ।
कम्पनीले हाल कायम रहेको जारी पुँजी ७० करोड रुपैयाँमध्येबाट १० प्रतिशतको अनुपातमा साधारण सेयरको बिक्रीकार्य खुला गरेको हो । अधिकृत पुँजी एक अर्ब तथा जारी पुँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी भने ३५ करोड ७० लाख रुपैयाँ रहेको छ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।