काठमाडौं । वीरगञ्जमा सम्पन्न भएको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२’मा एनआईबीएल एस क्यापिटल लिमिटेडले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रूपमा सेवा प्रदान गर्दै आएको कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरूलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत नवीनतम योजना र सोचहरूलाई व्यावसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ ।
यही चैत १८ गतेबाट लिभिङ विथ आईसीटीले सातै प्रदेशमा ई–बीमाको मुख्य प्रायोजनमा स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२ आयोजना आरम्भ गरेको थियो । डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रवद्र्धकहरूलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानी समेत जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।
एनआईबीएल एस क्यापिटलले संस्थागत परामर्श सेवामार्फत व्यावसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पुँजी संकलन गर्ने, ऋण संकलनमा वित्तीय संस्था र व्यवसायीबीच मध्यस्थता गर्ने र अन्य व्यावसायिक जटिलताहरूमा उचित परामर्श प्रदान गर्दै आएको जानकारी दिएको छ ।