काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शैक्षिक सामग्री सहयोग गरेको छ । संस्थाले नुवाकोट र रसुवाका समुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षित सामग्री वितरण गरेको हो ।
बेलकोटगढी नगरपालिकाको कल्याणिदेवी माध्यामिक विद्यालयका ६० जना, बागेश्वरी प्राथमिक विद्यालयका ५० जना, विदुर नगरपालिकाको आगापुटारस्थित सुलक्षणा माध्यमिक विद्यालयका एक् सय आठ जना विद्यार्थीहरू लाभान्वित भएका थिए । त्यस्तै रसुवाको उत्तरगया गाउपालिका मनिगाउँस्थित भुवनेश्वरी आधारभूत विद्यालयका ५२ जना विद्यार्थीहरूले आइतबार र सोमबारप्रति विद्यार्थी एक दर्जन कापी, पेन्सिल र झोला शैक्षिक सामग्री वितरण गरिएको हो ।
‘कम आयस्रोत भएका अभिभावकहरूको बालबालिकाहरूलाई आवश्यक सामग्री प्रदान गर्दा विद्यार्थीहरूको मनोबल बढ्नुको साथै ग्राहक, समाज र संस्थाबीच आत्मीय सम्बन्धमा बढावा हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले बताए । संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा तथा विभिन्न सामाजिक चेतनासम्बन्धी क्षेत्रमा सहयोग पु-याउँदै आएको फाइनान्सले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रहरू गर्दै जाने बताए ।
मेरो माइक्रोफाइनान्स नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही देशका ६४ जिल्लामा एक सय ४९ वटा शाखा कार्यालयमार्फत करिब दुई लाखभन्दा बढी गरिब तथा विपन्न घरपरिवारहरूलाई सामाजिक तथा आर्थिक क्रियाकलापमा सहयोग पुग्ने उद्देश्यका साथ विभिन्न लघु वित्तीय सेवा प्रदान गरिरहेको छ ।