काठमाडौं । तेस्रो मुलुकबाट सुपारी, मरिच, केरा र छोकडा आयात गरी निर्यात गर्न दिने सरकारको निर्णयपछि विदेशबाट नेपाल हुँदै भारत छिरेका सुपारी, मरिच र केराउ बालुवाटारमा बुझाउनुपर्ने कमिसन व्यापारीसँग लिएर आपूmखुसी खर्च गरेर सम्बन्धित ठाउँमा नबुझाउने बिचौलिया भूmठो अभियोगमा पक्राउ परेका छन् ।
प्रहरीले उनलाई गत शुक्रबार अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेको हो । पक्राउ पर्ने व्यक्ति सुर्खेतका करण रेग्मी हुन् । उनलाई प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेको हो । पक्राउ परेका रेग्मी गरिमा विकास बैंकका नारायणी अञ्चल कार्यालयका पूर्वहाकिम हुन् । नेकपाको दुई तिहाइ बहुमत निकटको केपी ओली नेतृत्वको सरकारको पतन भएर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा पाँचदलीय लोकतान्त्रिक गठबन्धनको सरकार गठन भएपछि बैंकको जागिरबाट राजीनामा गरेका रेग्मी प्रधानमन्त्री देउवाको सचिवालयनिकट रहेर कार्य गर्दै आएका व्यक्ति हुन् । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का निकट भएको दाबी गर्ने रेग्मीले देउवा प्रधानमन्त्री भएपछि देउवा सचिवालयमा बसेर सघाउने भन्दै बैंकबाट राजीनामा गरेको बताइएको छ ।
यही चैतको पहिलो साता सरकारले तेस्रो मुलुकबाट सुपारी, केराउ र मरिच आयात गर्न र निर्यात गरी बिक्री गर्न दिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयका कारण, सुपारी, मरिच र केराउ आयात गर्दा सञ्चित विदेशी मुद्रा खर्च हुने र भारतमा निर्यात गर्दा त्यहाँबाट आउनुपर्ने भारतीय मुद्रा पनि भारतमै राखिने भएकाले त्यसको निकै आलोचना भएको थियो । किनकि त्यसरी सुपारी, मरिच र केराउ विदेशबाट ल्याएर भारत निर्यात गर्ने नेपालका व्यापारी भारतीयमूलका नै रहेका छन् ।
नेपालमा रहेका भारतीयमूलका व्यापारीहरुको भारतको थातथलो पनि यथावत् नै छ । नेपालमा देखिएको अस्थिरताका कारण उनीहरुले आप्mनो लगानी सधैँ सुरक्षित राख्न खोज्छन् र अहिलेको परिप्रेक्ष्यमा पनि सुपारी, मरिच र केराउ बिक्री गरेको रकम पनि उतै सुरक्षित राख्ने गरेका छन् । तर त्यसरी सुपारी मरिच र केराउ भारत निर्यात गर्दा सत्ता शक्तिका आसेपासेलाई कमिसन बुझाउने गर्दछन् । त्यही कमिसन उठाउने अनेकौँ बिचौलियामध्येका एक हुन्– करण रेग्मी । रेग्मीले वीरगञ्जका सुपारी व्यापारीसँग कमिसन उठाएर काठमाडौं ल्याउने जिम्मा पाएका थिए । तर बैंकमा काम गर्दा उनी घरजग्गा व्यवसायीको कारोबार र कमिसनतन्त्रमा पनि जेलिएका थिए । त्यही घरजग्गा कारोबारीमध्येका चितवनका एक जनाले काठमाडौंका कारोबारीलाई रकम दिन बाँकी थियो र उसले पनि ताकेता गरिरहेको थियो ।
चितवनको कारोबारीले काठमाडौंको कारोबारीलाई दिनुपर्नेमध्येको आधा रकम रेग्मीले पठाउँछ भनेछन् र केही दिनमै रेग्मीले काठमाडौंको कारोबारीलाई डेढ करोड रुपैयाँ पठाएछन् । त्यो कुराको सूचना बालुवाटारमा पुगेपछि प्रधानमन्त्री देउवाको सचिवालयबाट प्रधानमन्त्रीको पीएसओ कमल शाहलाई बिचौलिया रेग्मीलाई पक्राउ गर्न लगाउन निर्देशन भएछ । सोही निर्देशनअनुसार पीएसओ शाहले स्वयम्भूका डीएसपी मिलन केसीलाई निर्देशन दिई रेग्मीलाई पक्राउ गर्न लगाएछन् ।
रेग्मी गत शुक्रबार पक्राउ परेर उनलाई अभद्र व्यवहार गरेको आरोप लगाइएको छ । तर अभद्र व्यवहार गरेको आरोपमा रेग्मी पक्राउ परेको पर्सिपल्ट अर्थात् गत आइतबार प्रहरीले प्यारालाइसिस भएको व्यापारी अशोक कुमार अग्रवाललाई वीरगञ्जबाट पक्राउ गरेर ह्विल चेयरमा राखेर स्वयम्भू पु-यायो र उनीसँग बयान लिएको छ । काठमाडौंमा अभद्र गरेको रेग्मीलाई पक्राउ गरेपछि वीरगञ्जका व्यापारी अग्रवाललाई उठाएर ल्याएपछि रेग्मीको पक्राउ सुपारी तस्करीसँग जोडिन पुगेको हो । वीरगञ्जबाट उठाएर ल्याइएका व्यापारी अग्रवाल सुपारी व्यापारी हुन् ।
आइतबार वीरगञ्जका व्यापारी अग्रवाललाई उठाएर ल्याएपछि त्यही दिन प्रहरीले करण रेग्मीसँग लेनदेन गरेका काठमाडौंका कारोबारीलाई रकम फिर्ता गर्न दबाब दियो तर उनले रकम फिर्ता गर्न मानेनन् । सोमबार प्रहरीले उनलाई स्वयम्भू प्रहरीमा आउन भन्यो, बयान दिन आऊ भन्यो त्यो पनि नमानेपछि प्रहरी आफैँ किंकर्तव्यविमूढ बनेको छ । यस सम्बन्धमा प्रश्न गर्दा स्वयम्भूका डीएसपी मिलन केसी योमाथिको कुरो भएकाले आफूलाई केही जानकारी नभएको बताउँछन् ।